यी ६ गल्ती नगर्नु, सहजै मिल्नेछ अमेरिका जान भिजा


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

अमेरिका विश्वभरका युवाहरुको सपनाको देश हो । धेरै मानिसहरु सपनाको देश तथा यहाँको सहर अनि सौन्दर्य कस्तो होला भनेर समेत जान र गएर अध्ययन गर्न चाहन्छन् । तर, सपना देख्ने सबै अमेरिका पुग्न सक्दैनन्, सबैको यो सपना पूरा हुनसक्दैन । कडा नियमका कारण अक्सर अमेरिकी दूताबासले कयौं मानिसको भिजा अप्लिकेसन नै रद्ध गरिदिन्छ ।

नयाँ रिपोर्टका अनुसार भिजा दिनुअघि अमेरिकी दूताबासका अधिकारीहरुले तपाईको सोसल मिडिया अकाउण्ट समेत चेक गर्छन् । यति मात्र होइन, अब अमेरिकी अधिकारीहरुलाई भिजा अप्लिकेसन्सको साथमा तपाईले आफ्नो सोसल मिडियाको अकाउण्टसँग सम्बन्धित पूरा जानकारी समेत सुम्पनुपर्ने हुन्छ । यस्तो अवस्थामा समेत सबै कुराको सामना गरेर तपाई अमेरिका जान चाहनुहुन्छ भने केही गल्ती भूलेर पनि गर्नु हुँदैन ।

भ्यालिड पासपोर्टको आवश्यकता
कुनै पनि देशको भिजा चाहनुहुन्छ भने तपाईको साथमा पासपोर्ट आवश्यक हुन्छ । साथै, तपाईसँग भएको पासपोर्र्टको भ्यालिडिटी कम्तीमा आगामी ६ महिनासम्म भएको हुनैपर्छ । अमेरिकाको भिजा पाउनका लागि समेत यो उत्तिकै आवश्यक हुन्छ ।

नेपालस्थित अमेरिकी दूताबासको वेबसाइटका अनुसार अमेरिकाको भिजा हासिल गर्ने ३ सामान्य चरण हुन्छन् । यी तीन चरण गुजारेपछि मात्रै तपाईलाई अमेरिका जाने भिजा प्राप्त हुन्छ ।

स्टेप १ : अनलाइन भर्नुस भिजा फारम
सबैभन्दा पहिला तपाईले http://www.ustraveldocs.com/np वेबसाइटमा गएर अनलाइन भिजा फारम भर्नुपर्ने हुन्छ । याद राख्नुहोस् यो फारमलाई अनलाइन नै भर्नुपर्ने हुन्छ । तपाईले सामान्य सू चनाहरु भर्नुपर्ने हुन्छ र त्यसपछि कन्फर्मेसन पेज प्रिन्ट गर्नुपर्छ । यो पेजमा बारकोड हुन्छ । फारम भरेपछि भिजाकोे फिस समेत बुझाउनुपर्छ । फिसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखाबाट दूताबासको खातामा तोकिएको रकम जम्मा गर्न सकिन्छ । बैंकको रिसिप्ट यस्तो हुनेछ :

यी कुरामा ध्यान दिनुहोस्
सबै जानकारी सही भर्नुहोस् र कनै पनि सूचना मिसम्याच नहोस् भन्ने बिषयमा विशेष ख्याल गर्नुहोला । किनभने एकपटक फारम भरिसकेपछि यसलाई तपाईले परिवर्तन गर्न सक्नुहुन्न । तपाईले दिएको सूचनामा सामान्य गडबडी मात्र भयो भने पनि तपाईको भिजा अप्लिकेसन रद्ध हुनसक्छ ।

स्टेप २ : भिजा सेन्टरमा डकूमेन्ट बुझाउने
त्यसपछि तपाईले भिजा अप्लिकेसन सेन्टरमा जाुर्नपर्ने हुन्छ । यहाँ तपाईले आफ्नो फोटोको साथमा अन्य व्यक्तिगत विवरणहरु बुझाउनुपर्ने हुन्छ । यसमा तपाईको फिंगर प्रिन्टको साथमा फोटो समेत मागिन्छ(लिइन्छ) । यो ठाउँमा तपाईले भिजाका लागि आवश्यक डकूमेन्ट समेत बुझाउनुपर्ने हुन्छ । यसमा तपाईको पासपोर्ट, भिजा अप्लिकेसन्सको कन्फर्मेशन पेज बुझाउनुपर्ने हुन्छ ।

यी कुरामा ध्यान दिनुहोस्
तपाईको पासपोर्ट कम्तीमा अघिल्लो ६ महिनासम्म भ्यालिड भएको हुनुपर्छ । १४ वर्षभन्दा कम उमेरको कुनै पनि व्यक्तिका लागि यो काम गरिरहनुभएको छ भने उसको ६०० ६०० पिक्सलको फोटो समेत साथमा लग्न भूल्नुहन्न । फोटोमा तपाईको अनुहारको हाइट(लम्बाई) पूरा फोटोको लम्बाईको ५० देखि ७० प्रतिशत हुन आवश्यक हुन्छ । सेन्टरमा फोटो खिचाउने समयमा समेत यही कुरामा ध्यान दिनुपर्छ ।

स्टेप ३ : अन्तर्वार्ता वादविवाद नगर्ने
भिजा अप्लिकेसनको सबैभन्दा महत्वपूर्ण स्टेप हो यो । अन्तर्वार्ता कन्सुलर अफिस वा दूतावासमा लिइन्छ । अन्तर्वार्ताले नै तय गर्नेछ कि तपाईलाई भिजा प्राप्त हुन्छ यो हुँदैन भन्ने कुरा । यसकारण यसका लागि पहिलादेखि नै राम्रो तयारी गरेर जानुहोस् । भिजा अधिकारीहरुले तपाईलाई केही प्रश्नहरु सोध्ने छन् । तर जवाफमा तपाई सामान्य मात्र चुक्नुभयो भने पनि तपाईको सपना यही टुट्न सक्छ ।

यी कुरामा ध्यान दिनुहोस्
अमेरिकी इमिग्रेसन विभागको वेबसाइटका अनुसार भिजा इन्रटभ्यू(अन्तर्वार्ता)को दौरान कुनै पनि गल्ती गर्नुहुन्न । बिना तयारी अन्तर्वार्ता दिन नजानुहोस् । सो बेला तपाईको पोशाक समेत राम्रो हुनुपर्छ । सो क्रममा भ्रामक वा गलत जानकारी दिनबाट बच्नुहोस् । जे जे सपोर्टिभ डकूमेन्ट आवश्यक हुन्छ, त्यो भिजा अधिकारीलाई उपलब्ध गराउनुहोस् । अन्तर्वार्ताको क्रममा भिजा अधिकारीसँग बहस वा वादविवाद नगर्नुहोस् । भिजा अधिकारीसँग राम्रो ढंगले कुराकानी गर्नुहोस् । भिजा अन्तर्वार्ता तपाईले नेपालीमै समेत दिनसक्ने व्यवस्था दूताबासमा मिलाइएको हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com