नदीको किनारमा भेटिएको झोला खोलेर हेर्दा उड्यो होसहवास


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

रुसमा नदीको किनारमा भेटिएको एउटा झोलाले पूरै संसारमा सनसनी मच्चाइदिएको छ । यहाँ एक व्यक्तिले खबरोभ्स्क शहरसँग जोडिएको अमुर नदीमा एउटा बेवारिसे झोला देखेका थिए । जब उनले झोला खोलेर हेरे उनको होस उड्यो । यो झोलाभित्र ५४ वटा माटिएका मानिसका हात थिए ।

यति धेरै काटिएका हात भेटिएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ । सबैको मनमा एउटै प्रश्न छ यति धेरै हात कहाँबाट आए । प्रहरीका अनुसार यी हात भेटिएको ठाउँमा चर्चित माछा मार्ने ठाउँ छ । यहाँ मानिसहरु माछा मार्न आइरहन्छन् । तर यहाँ कुनै घटनाको प्रमाण भेटिएका छैनन् । प्रहरीको लागि पनि यी हात निकै रहस्य बनेका छन् ।

प्रहरीले यी हातहरु नियन्त्रणमा लिएर फरेन्सिकको सहयोगमा यी हातहरुको फिंगरप्रिन्ट लिन सुरु गरेको छ । फिंगरप्रिन्टबाट यी व्यक्तिको पहिचान हुने आशा गरिएको छ । अहिले यी हातहरु मुर्दाघरमा राखिएका मृत व्यक्तिको काटिएको हुन सक्ने अनुमान गरिएको छ । केहीले भने खतरनाक सजायस्वरुप यसरी हात काटिएको हुन सक्ने अनुमान गरेका छन् ।

Image result for hand found in russia amur river

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com