राष्ट्रपति ट्रम्प किम जोङ सङ्ग भेट्न तयार,विश्व समुदायद्वारा स्वागत


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छ ।

उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातारका परीक्षणका कारण प्योङयाङसँग वासिङ्टन लगायतका विश्व समुदाय रुष्ट बनिरहेका समय भेटका लागि दुई देशका नेता सकारात्मक बनेकोमा यूरोपेली संघ, रसिया तथा विश्व समुदायले खुशी व्यक्त गरेका छन्.।

ह्वाइट हाउसको अगाडी उभिएरै दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यूई योङले शुक्रबार अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच आगामी मे महिनामा भेट हुन लागेको सार्वजनिक गर्नुभएको थियो ।
यूरोपेली संघले अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच भेटका लागि शिखर सम्मेलन हुने भन्ने अप्रत्यासित घोषणालाई ‘सकारात्मक प्रगति’ भनी प्रतिक्रिया दिएको छ ।

“हामीलाई विश्वास छ कि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको निमन्त्रणामा आगामी मे महिना पहिले नै सम्मेलन गर्ने बिषयलाई स्वीकार्न तयार हुनु भनेको सकारात्मक प्रगति हो,” संघका प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँग बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्मन चान्सलर एङ्गेला मर्केलले पनि सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविक होडबाट मुक्ति दिलाउने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी रसियाली विदेश मन्त्री सर्गेइ लाभ्रोभले पनि शुक्रबार अफ्रिकी संघका अध्यक्ष माउसा फाकी महमतसँग इथियोपियाको राजधानी अदिस आबाबामा भएको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो भेट समस्या समाधानका लागि हुने कामको एक कदम सही दिशा हो ।

“कोरियाली प्रायद्वीपमा रहेको तनावको अवस्थालाई सामान्यीकरण गर्न पक्कैपनि दुई नेताबीचको भेट आवश्यक थियो,” उहाँले थप्नुभयो ।रासस÷एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com