अमेरिकामा बस्‍दै आएका प्रवासी नेपालीले मनाए होली


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

फागुन २१, टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।

नेपाली हेरिटेज युनियन ९एनएचयु०ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो।

अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिए।

उक्त अवसरमा नेपालबाट अमेरिका आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्या, त्यसको समाधान र नेपाली भाषा, संस्कृति जोगाउनेबारे छलफल गरिएको सो संस्थाका कोषाध्यक्ष दीपेन्द्र गौतमले बताए।

एनएचयुको स्थापना सन् २०१७ मा भएको हो। उक्त संस्थाले अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। त्यसैक्रममा एनएचयुले होली पर्वको आयोजना गरेको हो।
स्रोत-रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com