Follow @khasokhasmag

भारी हिमपातका कारण सबै उडान स्थगित


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् ।

कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको छ ।

खराव मौसमको कारण उडानहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने सम्बिन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थलका अधिकारीहरुका अनुसार यात्रुहरुलाई आफ्नो आधिकारीक सूचनामार्फत विमानस्थल नआउन भनिएको छ ।

बिहीबार बिहानैदेखि हिमपातको क्रम नरोकिएकोले अर्को सूचना प्रकाशन गरेर उडानको समयतालिका तय गरिने उड्डयन अधिकारीहरुले जनाएका छन् । (रासस÷एएफपी)

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com