राजकीय सम्मानका साथ श्रीदेवीको अन्तिम संस्कार


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

 

फागुन १६, एजेन्सी । भनिन्छ, जन्मेपछि एउटा कुरा मात्र निश्चित छ र त्यो हो मृत्यु । निश्चित यस अर्थमा कि त्यो एकदिन हुनु नै छ तर कहिले कुन समय र कुन अवस्थामा त्यो कुरामा भने मृत्युबाहेक सबै अन्जान । हो , अन्जान थियौ हामी सबै अनि स्वयम् ‘श्रीदेवी’ पनि ।

१४ वर्षको उमेरदेखि सिने जगत्मा कदम चालेकी उनका कदम पनि उत्तिकै हावी थिए तर मृत्युभन्दा हावी न केही थियो न छ। ४ दशकसम्म बलिउडमा राज गरेकी प्रसिद्ध अभिनेत्री श्रीदेवीलाई पनि सदाका लागि लिएर गयो त्यही टुंगो नभएको छोटो ‘ मृत्यु’ शब्दले ।

आफ्नो नातेदारको वैवाहिक समारोहमा सामेल हुन दुबई पुगेकी उनी उतै, सबैबाट टाढा भैसकेकी थिइन् सधैलाई सबैबाट बिदा लिईसकेकी थिइन् श्रीदेवीले । शनिवार रोकिएको उनको सास , अनि सास बिनाको उनको शरीरलाई मंगलवार साँझ साढे १० बजे मात्र दुबईबाट मुम्बई ल्याइएको थियो । यतिबेला सलमान खान, शाहरुख खान, अजय देवगन, अनिल कपुर, पूनम ढिल्लोन, करन जोहर, मनीष मल्होत्रा, जस्ता कयौं कलाकारहरु उनीसँगको अन्तिम यात्रामा ९अन्तिम संस्कार ० सामिल हुनका लागि उनको घर पुगेका थिए । श्रीदेवीको आजै अपरान्ह ४ बजे राजकीय सम्मानका साथ भारतीय सहर मुम्बइमा अन्तिम संस्कार गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com