किम जोङ र उनका पिताले ब्राजिलको पासपोर्ट लिएको खुलासा


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

उत्तर कोरियाली नेता किम जोङ उनले सन् १९९० को दशकमा ब्राजिलको पासपोर्ट लिएको खुलासा भएको छ। उनले प्रयोग गरेको ब्राजिली पासपोर्टको प्रतिलिपि समेत रोयटर्सले सार्वजनिक गरेको छ।

उन र उनका बाबु किम जोङ र्इलले प्रयोग गरेका पासपोर्ट चेक रिपव्लिकको राजधानी प्रागस्थित ब्राजिली दुतावासबाट सन् १९९६ मा जारी भएको देखिन्छ।

‘उनीहरुले अवैध रुपमा ब्राजिली पासपोर्ट प्रयोग गरेको देखिन्छ, पासपोर्टमा किम जोङ उन र किम जोङ र्इलको तस्विर प्रष्ट देखिन्छ, उनीहरुले विदेशी दुतावासबाट भिसा प्राप्त गर्ने प्रयास गरेको देखिन्छ,’ एक जना पश्चिमा सुरक्षा अधिकारीले नाम नबताउने सर्तमा भनेका छन्।

रोयटर्सले ‘पश्चिमा देशको भिसा लिन ब्राजिलको पासपोर्ट प्रयोग गर्थे उत्तर किरियाली नेता’ भन्दै विशेष रिपोर्ट तयार पारेको छ।

ब्राजिलको परराष्ट्र मन्त्रालयले यस विषयमा छानविन गरिने जनाएको छ। चार जना अन्य पश्चिमा सुरक्षा अधिकारीहरुले पनि किमको फोटोसहितका जोसेफ पोङ र इजोङ चोइको नाममा रहेका दुर्इ ब्राजिली पासपोर्टहरु कम्तिमा दुर्इ पश्चिमा मुलुकको भिसा प्राप्तिका लागि आवेदन दिइएको पुष्टि गरेका छन्।

यद्यपि ती पासपोर्टमा भिसा लाग्यो या लागेन भन्ने भने खुल्न सकेको छैन।

पासपोर्ट ब्राजिल, जापान र हङकङ प्रवेशका लागि प्रयोग भएको बताइएको छ।

जापानी पत्रिका योम्यूरी शिम्वुनले सन् २०११ मा उनले सानोमा सन् १९९१ मा जारी भएको पासपोर्ट प्रयोग गरेर जापान प्रवेश गरेको छ।

दुबै पासपोर्ट सन् १९९६ फेब्रुअरी २६ मा जारी भएका थिए। पासपोर्टमा किम जोङ उन जोसेफ प्योङको नाममा सन् १९८३ फेब्रुअरी १ जन्म मिति उल्लेख छ।

उनले स्वीट्जरल्याण्डमा नाम परिवर्तन गरेर अध्ययन गरेका थिए।

उनका बाबुको पासपोर्ट इजोङ चोइको नाममा जन्ममिति १९४० अप्रिल ४ उल्लेख छ। उनको मृत्यु सन् २०११ मा भइसकेको छ। दुबै पासपोर्टमा जन्मस्थान साओ पाउलो ब्राजिल उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com