सी जिनपिङको वर्चस्व कहिलेसम्म?


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई वर्तमान कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ।

चिनियाँ राजनीतिमा यसलाई एउटा निर्णायक घडीका रूपमा हेरिँदैछ। धेरैले त्यस्तो घोषणा हुन सक्ने पहिल्यै लख काटिसकेका थिए।

राष्ट्रपति सी चीनको राजनीतिमा एक प्रभावशाली व्यक्तिका रूपमा स्थापित भइसकेका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

शक्तिशाली
पार्टी, सेना र व्यापारी वर्गको उनलाई बलियो समर्थन छ। सीलाई चिनियाँ संस्थापक नेता माओ त्सेतुङपछिकै सबैभन्दा शक्तिशाली नेताको रूपमा हेर्न थालिएको छ।

उनको तस्वीर भएको होर्डिङ बोर्डहरू देशभर देख्न सकिन्छ।

पछिल्ला हप्ता करिब ८० करोड चिनियाँ नागरिकले टेलिभिजन कार्यक्रमहरूमा ‘चीनको नयाँ सोचको युग’ सम्बन्धी विज्ञापन हेरे।

दशकौंयता कम्युनिष्ट पार्टीले चीनमा शासन गर्दै आएको छ। विगतमा उच्च नेताहरूको हातमा निश्तिच समयसम्म सत्ताको बागडोर हुने गर्थ्यो।

एक दशकपछि अर्को नेताले बागडोर सम्हाल्ने गर्थे। तर पद सम्हालेदेखि नै सीले कतिपय परम्परालाई तोड्दै आएका छन्।

उनले तत्कालै भ्रष्टाचारविरोधी एउटा अभियान थाले। उक्त कदमका कारण घुस लिने वा सरकारी रकम दुरूपयोग गर्ने भनिएका १० लाखभन्दा बढी पार्टी प्रतिनिधि अनुशासित भए।

प्रतिद्वन्द्वी
सोही अभियान अन्तर्गत सीका राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पनि उनको बाटोबाट हटाइयो र शंका व्यक्त गर्नेहरूको आवाज दबाइयो।

पद सम्हालेको शुरूका दिनमै राष्ट्रपति सीले आफ्ना राजनीतिक दृष्टिकोणहरू स्पष्ट पारेका थिए।

अन्तर्राष्ट्रिय व्यापार बढाउन उनले ‘वान वेल्ट वान रोड’ नामक महत्त्वाकांक्षी परियोजनालाई अगाडि सारिसकेका छन्।

सीले सन् २०२० सम्ममा चीनबाट गरिबी हटाउने घोषणा गरेका छन्।

लामो समयदेखि अड्कलबाजी गरिँदै आएको छ- सीले आफूलाई पदमा निरन्तरता दिन प्रयत्न गर्नेछन्।

सी जिनपिङ यति शक्तिशाली छन् कि पाँच वर्षपछि उनको स्थान कसले लिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो छ।

गत अक्टोबरमा पार्टीको एउटा महत्त्वपूर्ण बैठकले विद्यमान परम्परा तोड्दै सीको उत्तराधिकारीका रूपमा कसैको पनि नाम अघि सारेन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com