सलमान खान रोए, श्रीदेवीको पार्थिव शरीर देखेर


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, एजेन्सी– श्रीदेवीको पार्थिव शरीर देखेर सलमान खान रोएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मंगलबार राति साढे ९ बजे पति बोनी कपुर र छोरा अर्जुन कपुरको साथमा दुबईबाट श्रीदेवको पार्थिव शरीर मुम्बई ल्याइएको थियो।

श्रीदेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन उनका हजारौं फ्यान तथा बलिउड बलाकार जम्मा भएका छन्। अनिल कपुर आफ्नी भाउजूको पार्थिव शरीर ल्याउन मुम्बई एयरपोर्ट पुगेका थिए। श्रीदेवीको आज साढे ३ बजे अन्तिम संस्कार हुनेछ।

उनको शव साढे १२ बजेसम्म मुम्बईको सेलिब्रेसन स्पोर्टस् क्लबमा श्रद्धाञ्जलीका लागि राखिने सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि उनको पार्थिव शरीर सेवा समाज शवदाह गृहमा लगिनेछ। त्यहीँ उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार हुनेछ।

दुबई पुलिसले श्रीदेवीको पार्थिव शरीर परिवारलाई सुम्पिएपछि भारत ल्याइएको हो। दुबईको कानुनअनुसार उनको पार्थिव शरीर ल्याउन तीन दिन लागेको हो। दुबई पुलिसले दुर्घनाका कारण बाथटपमा डुबेर श्रीदेवीको मृत्यु भएको पुष्टि गरेको छ।

दुबईको स्थानीय समयअनुसार श्रीदेवीको निधन शनिबार राति ११ बजे भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com