हवाई आक्रमण हुदाँ आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालकको स्तब्ध बनाउने तस्विर


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

काठमाडौं – कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ।

शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आक्रमण गरिरहेका छन्। आन्तरिक र बाह्य द्धन्दले सिरियाको जनजीवन कस्टकर मात्र होइन देशै तहसनहस भईसकेको छ। लाखौं-लाख मानिसहरु शरणार्थी भएका छन्।

पछिल्लो एक सातादेखी विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा परेर पाँच सय भन्दा धेरैको ज्यान गएको छ। जसमा १२१ जना बालबालिकाहरु मारिएका छन् र थुप्रै घाईते भएका छन्।

अन्धाधुन्ध आक्रमणमा बालबालिका र वुद्धवृद्धा प्रत्यक्ष प्रभावित भएका छन्।बम र गोला बारुदको आक्रमण भईरहेको समयमा आफ्नी बहिनीलाई जोगाउने प्रयत्न गरिरहेको एक फोटो यतिबेला भाईरल भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हृदयविदारक यो तस्बीरले धेरैलाई स्तब्ध बनाएको छ र मानवताको खिल्ली उडाइरहेको छ। यो तस्बीर हेरेर जो-कोहि भावविह्वल हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com