सीरियामा मर्नुअघि ३ वर्षे बालिकाले ‘यो कुरा भगवानलाई भन्नेछु’ भनेपछि


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

अमेरिका र रुसको सहयोगमा सिरियाले आफ्नै मुलुकका विद्रोही प्रभावित क्षेत्रमा रासायनिक आक्रमण गर्दा ५ सय बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये एकचौथाइ संख्या बालबालिका मात्रै रहेको बताइएको छ ।

युद्धविरामको सहमतिलाई पनि अस्विकार गर्दै सीरिया सरकारले एक सातादेखि निरन्तर विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला गरिरहेको छ । हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग पनि गरिएको छ ।

बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार यहाँ एउटा नर्क जस्तो अबस्था सिर्जना भएको छ । सीरियामा सात वर्षदेखि सरकार पक्ष र विद्रोही संगठन जैश अल इस्लामबीच युद्ध भइरहेको छ ।

सीरियामा भएको यस्तो हमलाको संयुक्त राष्ट्रसंघले भने विरोध जनाउन सकेका छैन । खासगरी युद्धको क्रममा यहाँका बालबालिकाका तस्विर सामाजिक संजालमा भाइरल बन्न थालेका छन् । यहाँ एक बालिकाको तस्वीर पनि भाइरल बनाइएको छ ।

ती ३ वर्षे बालिकाले आफ्नो हत्या हुनुअघि भावपूर्ण अभिव्यक्ति दिएको मिडियामा आएको छ । उनले युद्धको कुरालाई लक्षित गर्दै यसबारे भगवानलाई सुनाउने बताएकी थिइन् । ती बालिकाको हृदयविदारक अभिव्यक्तिलाई विश्वभर भाइरल बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com