उत्तर कोरिया वार्ता गर्न इच्छुक


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

अमेरिका र उत्तर कोरियाबीच फेरि वार्ता हुने सम्भावना बढेको छ । अमेरिकाले उत्तर कोरियासँगको कुनै पनि वार्ता परमाणु कार्यक्रम अन्त्यका लागि नै हुनु पर्ने बताएको छ ।

शीतकालीन ओलम्पिकको समापन समारोहमा उत्तर कोरियाले सोमबार आफू अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएको दक्षिण कोरियाले जनाएको हो ।

उत्तर कोरियाले कुनै पनि शर्त बिना वार्ता गर्ने जनाएको छ । यसअघि वार्ताको सबै तयारी भइसक्दा उत्तर कोरिया पछि हटेको अमेरिकाले जनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com