सिरियामा नरसं‌हार : एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, एजेन्सी । सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै निहत्था नागरिक मारिएका हुन् ।

सिरियाको संघर्षलाई नजिकबाट हेरिरहेको बेलायतस्थित समूह अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यो हमलामा मारिनेमा १२१ जना त बालबालिका नै रहेका छन् ।

सिरियाली सुरक्षाबलले रूसको सहयोगमा गत आइतवारदेखि विद्रोहीको क्षेत्रमा हमला गरिरहेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले यस संघर्षलाई रोक्ने प्रयासस्वरुप युद्धविरामको कोशिश गरे पनि सहमति जुट्न सकेको छैन ।

सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् । तर रूसले सिरियाको अहिलेको अवस्थामा युद्धविराम लागू गर्न नसकिने जनाएको छ । उसले इस्लामिक स्टेट समूह तथा नुसरा फ्रन्ट जस्ता समूह सक्रिय भएर दमास्कसमा हमला गरिरहेको जनाउँदै युद्धविराम अस्वीकार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसको यस भनाइको जवाफमा पश्चिमी राजनीतिककर्मीहरुले भने रूसले यस्तो कुरा गरेर समय बर्बाद गरिरहेको जनाएका छन् । पश्चिमी देशले रुस सिरियाली सुरक्षाबलको ज्यादतिको बचाउमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार विद्रोहीहरुले गत आइतवारदेखि अहिलेसम्म कम्तिमा पनि १६ जना सर्वसाधरणको हत्या गरिसकेका छन् । तर यसको बदलामा सरकारी फौजले गरेको हमलामा बालबालिकासहित ५ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com