बिहेको गिफ्टमा भेटियो बम, बेहुलाको मृत्यु, बेहुली गम्भीर


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

 

फागुन १३, भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको
रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् ।

बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा २० तारिखमा रिसेप्शन पार्टी राखिएको थियो ।

 

पार्टीपछि गिफ्टहरु खोल्ने क्रममा विष्फोट भएको थियो, जसमा बम राखिएको थियो । विष्फोटबाट शेखरसहित उनकी दिदीको मृत्यु भयो ।
बेहुली रीमा पनि गम्भीर छन् । उनको संबलपुरको बुर्ला मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रायपुरबाट आएको थियो पार्सल

घटनाको अनुसन्धानमा प्रहरी टोली परिचालित भएको छ । प्रहरी उपरीक्षक शिवा सुब्रमनीले बीबीसीलाई भनेका छन्, ‘क्षेत्रीय फोरेन्सिक ल्याबोटरीको टोलीले विष्फोटको जाँच गरिरहेको छ ।’

सुब्रमनीका अनुसार दुई विशेष अनुसन्धान टोली छत्तिसगढ र बैंलोर पनि पुगेको छ । यद्यपि, उक्त पार्सल रायपुरबाट आएको प्रहरीलाई सुराकी मिलेको छ ।

पुलिसले कुरियर कम्पनीको माध्यमबाट छत्तिसगढमा अपराधीसम्म पुग्नका लागि कोशिश गरिरहेको छ । अर्कोतर्फ प्रहरीले बैंलोरमा पनि एक टोली पठाएको छ, जहाँ शेखर काम गर्थें ।

यस घटनालाई लिएर स्थानीय पनि आक्रोशित छन् । उनीहरु शनिबार शेखरको मृत शरीरलाई सडकमा राखेर धर्नामा बसेका थिए ।

source -onlinekhabar

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com