समुन्द्रमा पाइने ७३ प्रतिशत माछामा प्लाष्टिक


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन  ९, उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराइमा पाइने माछाका प्रजातिका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदूषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ। यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो। उक्त समुद्रमा पाइने माछाका अधिकांश ९७३ प्रतिशत० माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा जनाइएको छ। अध्ययनका लागि नमूनामा लिइएको ४।५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टनफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा जनाइएको छ। विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६०० मिटर गहिराइबाट ३।५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २३३ माछालाई नमूना बनाइएको थियो। तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो। यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो। समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डल्फिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले जनाएको छ।

स्रोत -रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com