हवार्इ आक्रमणमा परी बालबालिकासहित ७७ जनाको मृत्यु, ३ सय जना घाइते


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

फागुन ८, काठमाडौं । सिरियाको राजधानी दमास्कसमा सरकारी सेनाले गरेको हवार्इ आक्रमणमा ७७ जनाको मृत्यु हुनुका साथै ३ सय जना घाइते भएका छन् ।

सरकारी सेनाले विद्रोही मरेको दाबी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् ।राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवार्इ र रकेट आक्रमण गरिएको थियो। सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।

चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ । सोमबार हवार्इ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com