राष्ट्रपति ट्रम्प पुन आलोचित


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

अमेरिकी डेमोक्र्याट्सहरूले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन् ।

१७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले आलोचना गरेका हुन् । राष्ट्रपति ट्रम्पले विद्यालयहरूलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मुख्य प्राथमिकता हुने बताएका छन् ।

तर बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्नुपर्ने कंग्रेसको माग सम्बोधन गर्न उनी विफल भएका छन् । केही विज्ञहरूले बन्दुक राख्न नदिएको भए फ्लोरिडा गोलीकाण्डका सन्दिग्ध निकोलस क्रुजले हमला गर्न नसक्ने बताएका छन् ।

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा १७ जना मारिएका थिए । राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्यसम्बन्धी समस्यासंग जुझ्न पनि आफ्नो प्रशासन कटिबद्ध रहेको बताएका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पभन्दा फरक धारणा राख्दै अर्थमन्त्री स्टिभन मुनुशीनले गोलीकाण्ड दुखद भएको बताएका थिए । तर पछि मुनुशीनको कार्यालयले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनमा परिवर्तन ल्याउन उनले आग्रह गरेको भन्ने कुरा अस्वीकार गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com