अष्ट्रेलियामा नेपाली राजदूतावासलाई सक्रिय बनाउन युवाहरूको अभियान


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

हेमन्त काफ्ले

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासलाई जिम्मेबार बनाउने उद्धेश्यले सिड्नीका युवाहरुले केही बुदाँगत मागसहित समाजिक संजालमा दबाब अभियान सुरू गरेका छन्।

विशेष गरी अस्ट्रेलियामा उच्च अध्ययन गर्न आउने नेपाली विद्यार्थी र राजदूतावासको दायित्वका विषयमा उब्जिएका केही प्रश्न र नेपाली समुदायका साझा समस्याका विषयमा आवाज उठाएका हौ,’ अभियानका एक अभियानकर्ता तथा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट,अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले भने।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्यामा वृद्धि हुनुका साथै समाजमा यदाकदा हुने गरेका दुःखत घटनाले सबैलाई चिन्तित बनाएको कारण पनि सम्वन्धित निकायको आँखा खोल्न यो अभियान सुरू गरिएको सापकोटाले सेतोपाटीले सेतोपाटीलाई बताए।

क्षमता र दक्षता अनुरूप सबैले सहयोग गरिरहे पनि नेपाली समुदाय तथा विद्यार्थीको समस्यालाई सम्वोधन गर्न राजदूतावास र  महावाणिज्यदूतको कार्यालयलाई सक्रिय बनाउन दबाब थालिएको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाका गैरआवासीय नेपालीको दक्षतालाई आफ्नो नेपालमा कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा नेपाली राजदूतावास अष्ट्रेलियाका कार्य योजना सार्वजनिक गर्नुपर्ने, अष्ट्रेलियामा रहेका नेपालीको पूर्ण विवरण दूतावासबाट सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर दबाब कार्यक्रम गर्न थालिएको हो।

नेपाली विद्यार्थीको सहजताको लागी दूताबास क्यानबेरा तथा सबै राज्यका महाबाणिज्यदूतका कार्यालयमा आकस्मिक सहायता केन्द्रको व्यवस्था गरियोस् र केही दिन भित्र दूतावासमार्फत यहाँका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने उनीहरूको माग छ।

दूतावास र महाबाणिज्यदूतका कार्यालयमा नगद होइन कार्डबाट पनि दस्तुर लिने कामको सुरूआत गर्न राजदूतावासलाई आग्रह गरिएको अर्का युवा अभियन्ता क्षीतिज बुढाथोकीले बताए।

अष्ट्रेलियामा नेपाल र नेपाली कला संस्कृतिको प्रबर्धन गर्न दूतावासले कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गर्नुपर्नेसमेत उनीहरूले माग राखेका छन्।

अभियानका अर्का सदस्य महेश प्रसाईका अनुसार अस्ट्रेलियाको सबै खाले समुदायसँग जोडिएर सुरु गरेको यो समाजिक संजाल समूहमा धेरैले यसप्रति ऐक्वबद्धता जनाएका छन्।

यतिखेर अस्ट्रेलियामा उच्च अध्यनमा आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा नेपाल तेस्रो ठूलो मुलुक भएको छ। विद्यार्थीको हक हितमा दूतावास र महाबाणिज्यदूतावास लाग्नुपर्ने बेला आएको उनीहरूको ठम्याइ छ। तर, दूतावास स्थापना भएको कयैन समय बितिसक्दा पनि दूतावासले यस्तो कुनै कार्यक्रम नगरेको उनीहरूको आरोप छ।

विद्यार्थीको संख्या बढ्दै जाँदा छिटपुट नराम्रा घटनाहरु पनि घटन थालेका छन्। यस्तो स्थितिमा विदेशमा रहेका सरकारी निकाय चुस्त र दुरूस्त हुनुपर्ने एनआरएन एनएसडब्लुका युवा संयोजक विजय पलले बताए।

यसैबीच राजदूत लक्की शेर्पाले निकट भविष्यमा दूतावासले सबै विषयलाई समेटर अन्तर्क्रिया तथा योजना सार्वजनिक गर्न लागेको बताइन्।

राजदूत शेर्पाले भर्खरै नेपाली समाज गरेको प्रगती उन्नतीका बारेमा गोर्टगेज ब्यापारी कपिल नेपाललाई बधाइ ज्ञापन गरेको पत्र सार्वजकि भएको छ।

दूतावासको लेटरप्याडमा दिइएको बधाइ पत्र सान्दर्भीक भ एपनि सोही बिधामा निकै अग्रपंक्तीमा रहेका अर्का युवा किरण थापालाई भने किन बधाइ दिइएन भन्ने बिषय निकै चर्चामा छ।

यस विधामा नेपाल ६३ औं नम्बरमा र थापा ४२ औं वरियतामा परेका थिए। एक जना नेपाली मुलका ब्यापारीले गरेको प्रगती उपलब्धिमुलक हुने र अर्कोले पाएको फरक नहुनुपर्ने जानकार बताउँछन्। गत नोभेम्बरको यो विषय पुरानो भए पनि राजदूतावासले कस्ता विषयमा प्रशासित गर्ने वा सम्मानित गर्ने भन्ने बिषय महत्वपूर्ण हुनेगर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com