नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई अमेरिकाले दियो बधाई, नयाँ सरकारसँग काम गर्न उत्सुक


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

ओलीसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिज

फागुन ४, संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै नयाँ बन्ने सरकारसँग काम गर्न अमेरिका हामी उत्सुक रहेको उल्लेख गरेको छ।

‘नेपालको प्रधानमन्त्री नवनिर्वाचित हुनुभएका केपी शर्मा ओलीलाई हार्दिक बधाई तथा शुभकामना,’ ट्वीटमा भनिएको छ,‘ नयाँ बन्ने सरकारसँग थप लोकतान्त्रिक, समृद्ध, र स्थायित्वसहितको नेपाल निर्माणलगायत साझा उन्नतिका विषयमा काम गर्न हामी उत्सुक छौं।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com