फ्लोरिडाको एउटा विद्यालयमा गोली चल्दा १७ मारिए


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन्।

एकजना १९ वर्षीय पूर्वविद्यार्थीले सो आक्रमण गरेको ठानिएको छ।

अधिकारीहरूले अन्य १४ जना विद्यार्थी घाइते भएको बताएका छन्।

किशोरावस्थाको उत्तरार्द्धमा रहेका सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ।

सुरक्षा
उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको विश्वास गरिएको छ।

फ्लोरिडातस्वीर कपीराइटEPA
विवरणहरूमा उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत उल्लेख गरिएका छन्।

उनले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्ता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूले सीबीएस न्यूजलाई जानकारी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चल्न थालेपछि विद्यार्थीहरूले कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए।

अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ।

एउटा ट्विटर सन्देशमा राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com