कङ्गोमा दुई जातिबीचको झडपमा १३ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको समाचार छ । कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो । त्यसमा परी १३ जनाको ज्यान गएको एकजना प्रान्तीय अधिकारीले जनाएका छन् ।

यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए । त्यसपछि बुधबार फेरि यी दुई बीच ठूलो झडप भएको बताइएको छ ।

यस क्षेत्रमा विभिन्न जातिका बीचमा यसरी नै समय समयमा झडप हुने गरेको छ । जसका कारण यहाँ एकले अर्को जातिको हत्या गर्ने गरेका छन् । यसबाट केही वर्षयता मात्र पनि हजारौँ नागरिक मारिएका छन् ।

यो र यसै क्षेत्रको वरिपरि रहेका जिल्लाहरुमा एकले अर्को जातिमाथि आक्रमण गर्ने गरेका र यस्ता आक्रमणहरुपछि घर टहराहरूमा नै आगो लगाउने पनि गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत हप्ता र बुधबारको यो झडपमा कैयौँ नागरिकको ज्यान गएपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए । यहाँ अहिले पनि समय समयमा जातीय कलह फैलिने गरेको पाइन्छ ।
रासस सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com