यी महिलाको आँखाबाट निकालियो १४ वटा कीरा


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, काठमाडौं — अमेरिकाको ओरेगनमा एक महिलाको आँखाबाट १४ वटा कीरा निकालिएको छ । चिकित्सकहरूलाई यो अनौठो घटना हो किनकि यस्तो कीरा जनावरमा मात्र पाइन्थ्यो ।

सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका वैज्ञानिकहरूका अनुसार, थेलाजिया गुलोसा प्रजातिको परजीवी कीराका कारण मनुष्यमा भएको संक्रमणको यो पहिलो घटना हो ।

एबी बेकले नामक महिलालाई अगस्ट २०१६ मा देब्रे आँखामा पोलेको जस्तो लाग्यो । उनले आँखामा परेला प–यो होला भन्ठानेकी थिइन् तर सात दिनपछि उनको आँखाबाट कीरा निस्क्यो । यसको जाँच गर्दा यो कीरा थेलाजिया गुलासो प्रजातिको भएको पाइयो ।

त्यसको २० दिनमा बेकलेको आँखामा यस्तैखालका अन्य कीरा पनि पाइए । आधा इन्च लामो यो परजीवी कीराले आँखाको पुतलीनजिकको चिप्लो पदार्थबाट पोषण प्राप्त गर्छ ।

थेलाजियाबाट कुकुर, बिरालो र स्यालजस्ता जन्तु संक्रमित हुन्छन् । कीराको संक्रमण फैलाउनमा झिंगाहरूको ठूलो हात हुन्छ ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com