Follow @khasokhasmag

सिरियामाथि हमला गर्ने फ्रान्सको चेतावनी


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको प्रमाण फेला परे सिरियामाथि ुहमलाु गर्ने चेतावनी दिएका छन्।

पत्रकारलाई उनले भने, “जहाँबाट त्यस्ता आक्रमणहरू गरिन्छन् अथवा जहाँबाट आक्रमणको तयारी गरिन्छ त्यहाँ हामीले हमला गर्नेछौँ।”

तर प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारको माक्रोंले बताए।

गत ज्यानुअरीयता सिरियाले संदिग्ध क्लोरिन ग्यास आक्रमण गरेका कैयौँ रिपोर्टहरू सार्वजनिक भएपछि माक्रोंको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो।

निशाना

विद्रोही नियन्त्रित एउटा शहरमा यसै महिनाको शुरूतिर रसायन भएको एउटा बम खसालिएपछि श्वासप्रश्वासमा समस्या देखिएका नौजनाको उपचार गरिएको थियो।

सिरियाली विपक्षीले उत्तर-पश्चिमी इड्लिब प्रान्तको साराकेबमा एउटा सरकारी हेलिकप्टरबाट बम खसालिएको जनाएको छ।

सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरेको कुरा सशक्त रूपम अस्वीकार गर्दै आएको छ र सर्वसाधारणलाई आफू निशाना नबनाएको बताएको छ।

मंगलवार प्यारिसमा बोल्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले रासायनिक अस्त्रको प्रयोग आफ्नो सरकारका लागि ‘लक्ष्मणरेखा’ नाघेको ठहरिने धारणालाई दोहोर्‍याए।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com