न्युयोर्कमा बम पड्काउनेलाई आजिवन जेल


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

न्युयोर्क र न्युजर्सीमा सर्वसाधारणलाई लक्ष्यित गरी प्रेसर कुकर बम राख्ने अहमद खानलाई आजिवन जेल सजाय दिइएको छ । सन् २०१६ मा न्युयोर्कमा राखिएको बम बिष्फोटमा ३० जना घाइते भएका थिए । अहमद खानलाई आम नरसंहारका लागि हतियारको प्रयोग गरेको अभियोगमा दोषी ठहराइएको छ ।

सन् २०१६ को सेप्टेम्बर १७ विहान उक्त व्यक्तिले न्युजर्सीको एलिजाबेथमा राखेको बम निस्कृय पारिएको थियो । अहमद खानलाई घटनाको दुईदिनपछिमात्र पक्राउ गरिएको थियो । खानलाई पक्राउ गर्न प्रहरीले गोली समेत चलाउनुपरेको थियो ।

अहमद खानलाई आजिवन जेलको सजाय सुनाउनुको अर्थ अब कहिलेपनि जेलबाहिर निस्कन नपाउनु हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com