अष्ट्रेलियामा आगलागीमा परी १३ जना घाइते


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

अष्ट्रेलियमको न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा भवन निर्माणाधिन क्षेत्रमा मङ्गलबार भएको आगलागीमा परी कम्तिमा १३ जना घाइते भएको यहाँका अधिकारीले जनाएका छन् ।

आगलागी अग्ला भवन रहेको शहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नी नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ ।

आगलागीमा परेका अधिकांश व्यक्तिलाई आगलागीपछि निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको र केहीको आगोको रापले पोलेको घाउहरू रहेको चिकित्सकले बताएका छन् ।

सर्कुलर क्वे वन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको तर यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको विपद् उद्धार मामिला हेर्ने महानगरीय प्रवक्ताले बताउनुभयो ।

घटना भएको भवन अहिले खाली गरीएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । (रासस÷सिन्ह्वा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com