अष्ट्रेलियामा आगलागीमा परी १३ जना घाइते


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

अष्ट्रेलियमको न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा भवन निर्माणाधिन क्षेत्रमा मङ्गलबार भएको आगलागीमा परी कम्तिमा १३ जना घाइते भएको यहाँका अधिकारीले जनाएका छन् ।

आगलागी अग्ला भवन रहेको शहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नी नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ ।

आगलागीमा परेका अधिकांश व्यक्तिलाई आगलागीपछि निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको र केहीको आगोको रापले पोलेको घाउहरू रहेको चिकित्सकले बताएका छन् ।

सर्कुलर क्वे वन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको तर यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको विपद् उद्धार मामिला हेर्ने महानगरीय प्रवक्ताले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना भएको भवन अहिले खाली गरीएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । (रासस÷सिन्ह्वा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com