उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न अमेरिका तयार


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताउनु भएको छ ।

वाशिङटन पोस्टको सोमबारको समाचारमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै लेखिएका छ, “यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ ।”

तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ ।

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो । उहाँ दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मून जाइ–इनसँग भेटवार्ता भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ–अन निश्शस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले पोष्टसँगको कुराकानीमा बताउनुभएको जनाइएको छ ।

यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको उल्लेख गर्नुभएको थियो ।

उक्त अवसरमा अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गर्ने बिषयमा कुनै प्रकारको मतभेद नभएको जनाउनुभएको थियो ।

शनिवार उत्तर कोरियाली नेता किम जङ्–अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिनुभएको थियो ।

दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शितकालीन ओलम्पिकले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो । उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा जानुभएमा यसले दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरले निश्चित शर्तहरू पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार सोलमा भएको एक कार्यक्रममा बताउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com