उत्तर कोरियाको मुस्कान भरिएको कुटनीतिलाइ जापानको चेतावनी


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

उत्तर कोरिया आणविक हतियार र क्षेप्यास्त्र विकासकै बाटोमा रहेको भन्दै जापानी विदेश मन्त्री तारो कोनोले आइतबार उत्तरको मुस्कान भरिएको कुटनीतिलाइ चेतावनी दिएका छन् ।

उत्तरको उक्त कुटनैतिक कदमबाट प्रभावित भएर जापानले कोरियाली प्रायद्वीपलाइ आणविक निशस्त्रीकरण गर्नका लागि दक्षिण कोरिया अमेरिकासंग दृढ सहकार्य गर्ने कोनोले ब्रुनाइको राजधानी बन्दर सेरी बागवानमा बताए । ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाले गरेको सैन्य परेडमा उसले आफ्नो क्षेप्यास्त्र क्षमता प्रदर्शन गर्न खोजेको र आणविक हतियार र क्षेप्यास्त्रबारे उत्तरको मानसिकता परिवर्तन नभएको कोनोले बताए ।

दक्षिण कोरियाको उत्तर प्रतिको कुटनैतिक सम्बन्धले आणविक तथा क्षेप्यास्त्र परित्यागका लागि उत्तरमाथी दवाब दिने जापान र अमेरिकासंगको त्रीपक्षीय साझेदारी खतरामा पर्न सक्नेमा जापानको चासो रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com