पर्थमा दोस्रो पटक नेपाल महोत्सव हुँदै


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

नेपाली भाषा, कला, संस्कृती र पर्यटनलाई पश्चिम अष्ट्रेलियामा सम्वर्धन एवम् प्रवर्दन गर्ने उद्धेश्यका साथ पर्थमा आउँदो मार्चमा दोस्रो पटक नेपाल महोत्सवको आयोजना गरिदैछ।

गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाको आयोजनामा हुन लागेको सो ‘नेपाल फेस्टिभल पर्थ – २०१८’ यही आउँदो मार्च ३१ तारिखका दिन पर्थको मुटुमा अवस्थित ‘एलिजाबेथ की’ मा सम्पन्न हुँदैछ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै संसारभर नेपाली भाषा, कला र संस्कृतीलाई निरन्तर प्रवर्दन गर्दै आइराखेको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले  पुन: पर्थमा दोस्रो पटक नेपाल महोत्सव आयोजना गर्न लागेको हो।

यसै सिलशिलामा गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले पर्थका स्थानीय संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मुल आयोजक समूह निर्माण गरि महोत्सवको सम्पूर्ण प्रारम्भिक तयारी सुरू गरी सकेको, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा महोत्सव संयोजकसमेत रहेका राज्य परिषद सम्योजक दिपक शर्माले  जानकारी गराए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवलाई भब्य सफल बनाउन निर्माण गरिएका बिभिन्न उपसमितिले हाल आफ्नो काम तिब्र गतीमा अघी बढाइरहेको उनले जानकारी दिए।

महोत्सवले पश्चिम अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा एकता र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्दै नेपाली पर्यटन, कला र संस्कृतिलाई प्रवर्धन गर्न मद्धत गर्ने विश्वाश लिइएको छ। महोत्सवमा चर्चित  ब्यान्ड कुटुम्बले पनि आफ्नो सांगीतिक प्रस्तुती दिनेछ।

‘नेपाल महोत्सव पर्थ-२०१८’ मा पश्चिम अष्ट्रेलिया राज्य सरकारका मन्त्री, गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट पूर्व तथा वर्तमान पदाधिकारीलगायत विभिन्न समुदायका संघ संस्थाहरुको प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, बिभिन्न सामाजिक संघसंस्थाका अगुवाका सहभागीता जनाउने कार्यक्रम रहेको ओसेनीया खेलकुद परिषदका समेत सचिव रहेका गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाका सचिव माधव ढुंगानाले जानकारी दिए।

‘नेपाल महोत्सब पर्थ-२०१८’ ले नेपालको पर्यावरण, धार्मिक तथा सांस्कृतिक सम्पदा, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विशेष योग्दान पुर्‍याउने हुनाले नेपालमा लगानी र पर्यटनको बढोत्तरीमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छ।

झन्डै १० हजारले अवलोकन गर्ने अनुमान गरिएको सो महोत्सवमा सम्पूर्ण पर्थवासी नेपालीहरु सहभागी बनी महोत्सवलाई भब्य सफल बनाइदिन गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले सबैमा हार्दिक अपिल गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com