अस्ट्रेलियन मन्त्रीले भिसा नेपालबाटै दिलाउन पहल गर्ने


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

अस्ट्रेलियाका अर्थ सहायक मन्त्री डेविड कोलम्यान आफूले नेपालबाटै अस्ट्रेलियाको भिसा जारी गर्ने विषयमा परराष्ट्र मन्त्रीसँग पहल गर्ने बताएका छन्।

नेपाली समाजको प्रभाव बढ्दै गएको अवस्थामा सो क्षेत्रका सांसद समेत रहेको कोलम्यानले अस्ट्रेलियामा नेपालीहरुले फरक पहिचान बनाएको समेत बताए। कोलम्यानले नसिंङ र साना ब्यवशायमा समेत नेपालीहरुको उपस्थिति निकै प्रभावकारी रहेको सुनाए।

लीबरल फ्रेन्ड्स अफ नेपाल र पेन्सस नेपाली समाजद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थ सहायक मन्त्री कोलम्यानले त्यसो बताएका हुन्। हाल नेपालले अस्ट्रेलियाको प्रवेशाज्ञाको लागि दिल्ली धाउनुपर्ने अवस्था छ।

कार्यक्रममा नेपालका अर्थ राज्य मन्त्री उदय शम्सेर राणाले नेपाल यतिखेर आर्थिक समृद्धीको बाटोमा अगाडि बढेको अवस्थामा बिदेशमा रहेको दक्ष जनशक्तीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए।

राणाले आफ्नो दल यतिखेर सरकारमा रहे पनि निकट भबिष्यमा प्रतिपक्ष भएर बस्दा पनि मुलुकको आर्थिक विकासमा लागिपर्ने दाबी गरे। कार्यक्रममा लागि नेपाली राजदूत लक्की शेर्पाले अस्ट्रेलियाले नेपाल र नेपालीलाई सकरात्मक दृष्टीकोणले हेर्ने गरेकोमा खुसी प्रकट गरिन्।

शेर्पाले यहाँको दक्ष नेपाली जनशक्ति र शिप र कौशललाई नेपालको विकासका लागि लगाउन सके आफ्नो लक्ष्य पुरा हुने बताइन्।

योग गुरू भिमसेन सापकोटाले सन्चालन गरेको कार्यक्रममा लीबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले फैलीदै गरेको नेपाली समाज पनि यहाँको राजनीतिमा जोडिनु उपलब्धीमुलक विषय भएको सुनाए।

पेन्सस नेपाली समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले मन्त्री कोलम्यानलाई समाजकोतर्फवाट मागपत्र समेत बुझाएका थिए। लीबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापा, सचिव निरज श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा संचारकर्मी ऋषी आचार्यले नेपाल र अस्ट्रेलियाको सम्बन्धवारे प्रष्ट पारेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com