दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी,विमान आकाशमा नै टुक्रिएको दाबी


प्रकाशित मिति : २९ माघ २०७४, सोमबार

रूसका आपत्‌कालीन उद्धारकर्ताहरूले उडान शुरू भएको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको एउटा रूसी विमानको भग्नावशेषहरूको मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्।

उक्त विमानमा सवार चालकदलका ६ सदस्य र यात्रु गरी ७१ जनाको मृत्यु भएको थियो।

दुर्गम क्षेत्रमा विमान दुर्घटना भएकाले उद्धारकर्ताहरू पैदलमार्गबाट घटनास्थल पुगेका थिए।

दक्षिण रूसको ओर्स्कतर्फ उड्ने क्रममा उसले आपत्‌कालीन अपिल भने जारी गरेको थिए।

कतिपय प्रत्यक्षदर्शीले विमान आकाशमा नै टुक्रिएको जनाएका छन्।

अन्यले आगोको लप्का देखेको वा विस्फोटन भएको उल्लेख गरेका छन्।

खोजकर्ताहरूले दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डर फेला पारेका छन्।

अनुसन्धानकर्ताहरूले मानवीय त्रुटि वा खराब मौसम उक्त दुर्घटनाको कारक हुनसक्ने जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले आतंकवादलाई भने कारणका रुपमा उल्लेख गरेका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com