चक्कु आक्रमणबाट बेइजिङमा एक जनाको मृत्यु, १२ जना घाइते


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, चीन । बेइजिङको व्यापारिक मुख्य केन्द्रमा रहेको एक व्यापारिक भवनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा एक महिलाको चोटका कारण मृत्यु भएको सिचेङ जिल्लाको प्रहरीले जनाएको छ ।
घटनामा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार दिउसो १ बजे गरिएको आक्रमणमा घाइते हुने सबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जना पुरुष रहेका छन् भने नौ जना महिला छन् । घाइते सबै खतरामुक्त रहेका बताइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भनिएका एक जनालाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

झु थर भएका चीनको मध्य हेनान प्रान्तको सिहुवा काउन्टीको ३५ वर्षीय बासिन्दाले घटनाको जिम्मेवारी लिइसकेको प्रहरीको दावी छ । झुले आक्रमण व्यक्तिगत शिकायतका कारण गरेको स्वीकारेका बताइएको छ ।

घटना भएको समय भवनको पाँचौ तलामा एक रेष्टुरेन्टमा खाना खाइरहेको बताउने प्रत्यक्षदर्शीले भनिन्, मैले खाना खाइरहेका वेला एक मानिसले एक्कासि झोलाबाट चक्कु झिकेर किनमेलमा व्यस्त महिला तथा पुरुषलाई एकपछि अर्को गर्दै आक्रमण ग¥यो ।

चीनको इन्टरनेटबाट बाहिर आएको एक भिडियोमा ब्यापारिक भवनको एक भागमा रगत
पोतिएका देखिएको छ । घटनास्थलमा एक जना घाइतेको घाटीमा गहिरो चोट लागेको देखेको रेष्टुरेन्टका ‘सेफ’ले बताए ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com