हङकङमा सडक दुर्घटना अठारको मृत्यु


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

चीनको विषेश प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १८ को मृत्यु भएको छ । दुई तले बस दुर्घटनामा परी अन्य ६२ जना घाइते भएको अधिकरीले जानकरी दिएका छन् ।

अधिकरीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ भने १५ जनालाई गहिरो चोट लागेको छ । केही भने सामान्य घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा परेको बसका ३० बर्षीय चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

घाइते र मृतकहरुलाई बसको माथिल्लो तलाबाट बाहिर निकालिएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् । उनीहरुका अनुसार मृत्यु भएका मध्ये अधिकांशको टाउकोमा चोट लागेको थियो ।

शाटिनबाट ताई पोतर्फ जाँदै गरेको बेला स्थानीय समयानुसार बेलुका ६.१५ बजे ताई पो सडकमा दुर्घटना भएको थियो । दुर्घटना हुनु अगाडि बस अति तिब्र गतिमा दौडीएको केही यात्रुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com