हङकङमा दुर्घटनामा परी १८ जनाको मृत्यु
माघ २८, हङकङ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ ।
उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ । घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिर्इ राखिएको प्रिन्स अफ वेल्स अस्पताल गएका बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।