इजरेली लडाकु विमान सेनाले खसालिदियो


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

सिरियाले गोली हानेर शनिवार बिहान एउटा इजरेली लडाकु विमान खसालिदिएको इजरेलको सेनाले बताएको छ।

उत्तरी इजरेलमा दुईजना पाइलटहरू विमानबाट हाम फाले र प्याराशुटको मद्दतले अवतरण गर्न सफल भए।

उनीहरूलाई अस्पताल पुर्‍याइएको थियो।

इजरेलका अनुसार एउटा इरानी ड्रोन आफ्नो भूमिमा प्रहार गरिएपछि एफ-१६ नामक लडाकु विमानले आक्रमण गरिरहेको थियो।

पहिचान
इजरेलले उक्त ड्रोनलाई रोकिदिएको थियो।

इजरेलले आक्रमण गरेपछि सिरियाले गोली हान्न शुरू गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

इजरेली सेनाले एउटा विज्ञप्तिमा भनेको छ, “हाम्रो एउटा लडाकु विमानले सिरियाबाट प्रहार गरिएको एउटा इरानी ड्रोनलाई सफलतापूर्वक रोकिदियो।”

ड्रोनलाई छिट्टै पहिचान गरिएको र ‘रोकुञ्जेल निगरानीमा भएको’ विज्ञप्तिमा उल्लेख छ।

उक्त ड्रोन इजरेली भूमिमा पुगेको र ‘आफूहरूको नियन्त्रणमा रहेको’ इजरेली प्रतिरक्षा बल (आइडीएफ) का एकजना प्रवक्ताले जनाएका छन्।

जवाफस्वरूप सिरियामा रहेका इरानी अखडालाई आइडीएफले निशाना बनाएको र कारबाही सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com