ताइवान भूकम्पमा मृत्यु हुनेको संख्या १२ पुग्यो


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

माघ २६, ताइवान । ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

शुक्रबार दिउसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो ।

अझै पनि भूकम्पका कारण ढलेको एक भवनको भग्नावशेषमा पाँच जना फसिरहेका छन् र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको केन्द्रले जनाएको छ ।

हराईरहेका मानिसलाई जीवित पाउने आसका साथ उद्धारकर्ताले अनवरतरूपमा खटी भग्नावशेषलाई पन्छ्याईरहेका र यो कार्यलाई अझै पनि निरन्तरता दिइने हौलियन काउन्टी प्रमुख फु कुन चीले बताउनुभयो ।

मृतक १२ जनामध्ये चार चिनियाँ मुख्य भूभाग, पाँच जना ताइवानी एक फिलिफिनी र दुई क्यानडाली नागरिक रहेका फुले पुष्टि गर्नुभयो ।

चीनको भूकम्प मापन केन्द्र ९सिइएनसी०का अनुसार मङ्गलबार राति ११ बजेर ५५ मिनेटको समयमा हौलियान क्षेत्रमा केन्द्रविन्दु बनाएर ६।५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com