आइएसका ‘बिटल्स समूह’ का दुई सन्दिग्ध पक्राउ


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

उनीहरू इस्लामिक स्टेटका लागि काम गर्ने एउटा समूहका सदस्य भएको बताइएको छ।

अमेरिकी अधिकारीका अनुसार यो समूहले पश्चिम देशका २७ जना बन्धक बनाइएकाहरूको टाउको छिनाएका थिए र केहीलाई चरम यातना पनि दिएका थिए।

बिटल्स नाम रहेको उक्त समूहका चारैजना सदस्य लण्डनका भएको बताइएको छ।

पुष्टि

अहिले पक्राउ पर्ने दुईजनाको नाम एलेजाण्डा कोटी र एल शाफी एससिख रहेको छ।

अमेरिकी अधिकारीहरूले यी दुई सन्दिग्ध पक्राउमा परेको पुष्टि गरेका छन्।

तर ब्रिटेनको विदेश विभागले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

इस्लामिक स्टेट

पक्राउ परेका उनीहरूलाई अब के गरिन्छ भन्नेबारे स्पष्ट छैन।

यो समूहका प्रमूख योजनाकार मोहम्मद अम्वाजी थिए जसलाई जिहादी जोनको नामबाट पनि चिनिन्थ्यो।

जिहादी जोनको सन् २०१५ मा सिरियामा भएको ड्रोन हमलामा ज्यान गएको थियो।

उक्त समूहका एकजना सन्दिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा जेलमा हालिएको थियो।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com