अमेरिकी सांसदले भाषण गरेर राखिन् किर्तीमान


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

काठमाडौं, २५ माघ । अमेरिकी तल्लो सदनका सांसद नेतृ नान्सी पेलोसीले लगातार ८ घण्टा भाषण गरेर कीर्तिमान कायम गरेकी छिन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ मा विपक्षी नेतृ नान्सी पेलोसीले ‘ड्रिमर्स’ भनिने युवा आप्रवासीहरुलाई निकाला गर्न नहुने भन्दै भाषण गरेकी हुन्।

यसका साथै उनले आफ्नो भाषणमा दुई पार्टीबीच बजेटको विषयमा भएको सम्झौताको विरोध पनि गरेकी थिईन्।

७८ वर्षीया क्यालिफोर्नियाकी यी डेमोक्र्याट सांसदले स्थानीय समयअनुसार १०ः०४ बजे बोल्न सुरु गरेकी थिइन्। उनले ६ः११ बजेसम्म भाषण गरिरहिन्। उनले पूरै समय चार इञ्ज अग्लो हिलमा उभिएर पानीबाहेक केही नखाइ भाषण गरेकी थिइन्।

उनको यो सम्बोधन तल्लो सदनमा हालसम्मको अभिलेखमा भएमध्येकै सबैभन्दा लामो भाषण भएको जनाइएको छ। यद्यपि अमेरिकी कंग्रेसको इतिहासमा यो सबैभन्दा लामो भाषण होइन। सन् १९५७ मा सिनेटर स्टोर्म थर्मोण्डले २४ घण्टा १८ मिनेट लामो भाषण गरेका थिए भने सन् २०१३ मा टेड क्रुजले २१ घण्टा १८ मिनेट भाषण गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com