फेसबुककी कार्यकारीलाई क्यान्सर


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

सोसल मिडिया कम्पनी फेसबुककी बेलायतस्थित एकजना कार्यकारीलाई निको नहुने क्यान्सर रोग लागेको खुलासा भएको छ ।

फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका शाखाको उपाध्यक्ष रहेकी लेडी मेन्डेल्सनले आफूलाई फोलिक्युलर लिम्फोमा भनिने रक्तक्यान्सर लागेको खुलासा गरेकी हुन् ।

फोलिक्यूलर लिम्फोमा ढिलोगरी विस्तार हुने क्यान्सर हो, जुन निको हुँदैन । यद्यपि, उपचार गरी बिरामीहरु केही वर्षसम्म बाँच्न भने सक्दछन् ।आफूलाई क्यान्सर लागेको कुरा आफ्ना सन्तानलाई बताउनुु आफूलाई अहिलेसम्मकै अप्ठेरो लागेको उनले बताएकी छिन् ।

लेडीले अब आफूले यो रोगको बारेमा फेसबुक पेजमार्फत जनचेतना जगाउने कार्यमा लाग्ने पनि बताएकी छन् ।

अष्ट्रेलियाका निकी ग्रिनहाल्गले उक्त फेसबुक पेज बनाएका थिए र अहिले लेडी पनि उक्त पेजको को एडमिनिस्ट्रेटर बनेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com