शक्तिशाली भूकम्प


प्रकाशित मिति : माघ २४, २०७४ बुधबार

ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

२०० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २० किलोमिटर पर ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो।

आपत्‍कालीन उद्धारकर्ताहरूले ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्धार गरेका छन्।

क्षति

ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको तस्वीरहरूमा देखिन्छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नराम्ररी क्षति पुग्नेमा एउटा अस्पताल भवन पनि रहेको छ।

‘एक शताब्दीयताकै शक्तिशाली भूकम्प’

‘ताइवानलाई लिएर भारत आगोसँग खेल्दैछ’

ताइवान

भूकम्पपछि करिब ४० हजार घरमा पानी आपूर्ति बन्द भएको छ भने राजमार्ग तथा पुलहरू बन्द भएका छन्।

भूकम्पले १० तले मार्शल होटलको जमिन सतहमुनिको र भुईँतला वजन थेग्न नसकी थचारिन पुग्यो।

होटलका एकजना कर्मचारीको उद्धार गरिएको छ।

उद्धार

तर अन्य दुईजना अझै भवनभित्र फसेको ठानिएको छ।

एकजना प्रत्यक्षदर्शी जीना स्टारबकले बीबीसीलाई भनिन्, “भित्र मान्छेहरू फसेको हामीलाई थाहा छ। भित्र हामीले प्रकाश हेर्न सक्छौँ। भित्र भएको बताउन मानिसहरूले मोबाइलको बत्ती बालिरहेका छन्।”

अधिकारीहरूका अनुसार आवासीय घरमा अरू दुईजना फसेको ठानिएको छ।

आपत्‍कालीन उद्धारका लागि सेनाको सहयोग मागिएको छ।

ख्वालिएन शहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com