जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने,यस्तो छ कारण


प्रकाशित मिति : माघ २३, २०७४ मंगलबार

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो ।

हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ ।

उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबार यस अघि नै जापानी सम्राट तथा उहाँको परिवारलाई जानकारी गराइसकेको र विवाह आगामी सन् २०२० मा गरिने बताइएको छ ।

अर्कोबर्ष जापानी सम्राट अकिहितोले उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी बर्ष गद्दि छोड्ने निर्णय रहेको र उक्त कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई बर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ ।

राजकुमारी माकोले विज्ञप्तिमा भन्नुभएको छ, “हाम्रो विवाहको तयारीमा जुट्नुभएका सबैसँग विवाह सार्दा परेको समस्याप्रति क्षमाप्रार्थी छु ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com