लस एन्जलसको स्कुलमा गोली चल्दा ५ घाइते, १२ बर्षकी बालिका हिराशतमा


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

बिहिबार लस एन्जलसको एउटा विद्यालयमा गोली चल्दा ५ जना घाइते भएका छन् । जसमध्ये २ जनालाई गोली लागेको छ । गोलीकाण्डपछि १२ बर्षकी बालिकालाई हिराशतमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

घटनामा एकजना १५ बर्षका बालकलाई टाउकोमा गोली लागेको छ । नाडीमा गोली लागेकी अर्की १५ बर्षकी बालिकालाई पनि अस्पतालमा भर्ना गरिएको छ । टाउकोमा गोली लागेका बालक संयोगले मात्र बाँचेका छन् ।

हिराशतमा लिइएकी १२ बर्षकी बालिका गोलीकाण्डकी संदिग्ध हुन् । तर कुन उद्देश्यले गोली चलाइएको थियो भन्ने बारे अनुसन्धान भइरहेको छ । कैयन राउण्ड गोली चलेकाले यसलाई दुर्घटना मान्न नसकिने प्रहरीले जनाएको छ । घटना साल क्यास्ट्रो मिडल स्कुलमा भएको हो ।

केही साता यता विद्यालयमा भएको गोलीकाण्डको यो तेश्रो घटना हो । जनवरी २३ मा वेष्टर्न केन्टकीमा एकजना विद्यार्थीले १६ जनामाथि गोली चलाउदा २ जनाको मृत्यु भएको थियो । त्यसको एकदिन अगाडि १६ बर्षको व्यक्तिले गोली चलाउदा टेक्सासमा १५ बर्षका विद्यार्थी घाइते भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com