दुई मिनेट ढिलो भएपछि बेलायती मन्त्रीले दिए राजीनामा


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

 

एजेन्सी, १८ माघ । बेलायती संसदको माथिल्लो सदनका सदस्य तथा अन्तर्राष्ट्रिय विकास मामिलासम्बन्धी मन्त्री लर्ड बेट्सले संसद्मा आफू ढिलो भएकोमा राजीनामा दिएका छन् । उनले सदनमा ६० सेकेण्ड लगाएर क्षमायाचना गरे र राजिनामाको घोषणा गर्दै सदनबाट बाहिरिए।

‘म इमान्दारिताका साथ व्यारोनेस ९सदनकी महिला सदस्य० लिस्टरसमक्ष मेरो असिस्टताका लागि क्षमा चाहन्छु, उहाँको अत्यन्तै महत्वपूर्ण प्रश्नको जवाफ दिन आफ्नो ठाउँमा समयमा पुग्न नसकेकोमा,’मन्त्री बेट्सले आफ्ना सहकर्मीसमक्ष उभिदै भने,’ यो ठाउँबाट सरकारका तर्फबाट विगत पाँच वर्षमा सदस्यहरुका प्रश्नको उत्तर दिने सम्मान हासिल गर्दै आएको छु मैले ।’

उनले थपे,’हामीहरुले सरकारका तर्फबाट सदस्यहरुको वैधानिक प्रश्नका उत्तर दिँदा सँधै नै एकअर्काप्रति उच्चस्तरको सम्मान र सिस्टाचार देखाउनुपर्छ भन्ने मान्यता मेरो रहिआएको छ।’

उनी मात्र दुई मिनेट ढिलो भएका थिए। बेट्सले भने,’ म एकदमै लज्जित छु, आफ्नो स्थानमा हुन नसकेकोमा । त्यसकारण म तत्काल लागू हुने गरी प्रधानमन्त्री समक्ष आफ्नो राजीनामा दिनेछु ।

‘म क्षमायाचना गर्छु,’आफ्नो सामान उठाएर सदनबाट बाहिरिनु अघि फेरी उनले भने ।
बेट्सको क्षमायाचनाको प्रसंगले केही सेकेण्डमै राजीनामाको स्वरुप लिएपछि सदनमा उपस्थित सदस्यहरु स्तव्ध भएका थिए।

सदनको सार्वजनिक भएको भिडियोमा अरु सदस्ययहरु आफ्नो स्थानबाटै हुन्‍न हुन्न ।’ भनि कराएको सुनिन्छ । केही सदस्यहरु अविश्वासमा हाँसेको देख्न सकिन्छ । अन्य केही भने उनलाई समातेर सदनभित्र ल्याउने प्रयासमा गरेको देख्न सकिन्छ।

बेट्सको राजीनामा घोषणाकै बीचमा व्यासिल्डोनकी व्यारोनेस स्मिथले भनिन,’लर्ड बेट्सको क्षमायाचना नै पर्याप्त छ । यो सामान्य असिस्टता हो, जुन हामी कसैबाट कुनै पनि समयमा हुन सक्छ ।’

व्यारोनेस लिस्टरले मन्त्री बेट्ससँग राजिनामा फिर्ता लिन आग्रह गरेको गार्डियन पत्रिकाले जनाएको छ।

वासिङटन पोस्ट्बाट

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com