७० प्रतिशतले रुचाए ट्रम्पको स्टेट अफ द युनियन सम्बोधन


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टेट अफ द युनियन सम्बोधनप्रति ७० प्रतिशत दर्शकहरुले सकारात्मक प्रतिकृया दिएका छन् । सीएनएनले गरेको एउटा सर्वेक्षणमा ४८ प्रतिशत अत्यन्तै सकारात्मक र २२ प्रतिशत सकारात्मक भएको देखाइएको छ भने २८ प्रतिशतले सम्बोधनप्रति नकारात्मक रहेका छन् ।

सर्वेक्षण अनुशार ५४ प्रतिशतले ट्रम्पका प्राथमिकता सही रहेको बताएका छन् । तर ४५ प्रतिशतले भने ट्रम्पले राष्ट्रका मुख्य समस्याहरुलाई सम्बोधन नगरेको बताएका छन् । त्यस्तै ६२ प्रतिशतले ट्रम्पको नीतिबाट अमेरिका सही दिशामा जाने विश्वास व्यक्त गरेका छन् ।

सीएनएनले गरेको सर्वेक्षणमा ५४९ जना अमेरिकनहरु सहभागी रहेका थिए । बराक ओबामाको पहिलो स्टेट अफ द युनियन सम्बोधनप्रति ५७ प्रतिशत अति सकारात्मक देखिएपनि ट्रम्पको सम्बोधनप्रति भने ४८ प्रतिशतमात्र अति सकारात्मक देखिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com