उत्तर कोरियाले आणविक आक्रमण गर्दै , कुन – कुन देश खतरामा ?


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

एजेन्सी– उत्तर कोरियाले छिट्टै आणविक आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकी जासुसी एजेन्सी सिआइएले खुलासा गरेको छ । सिआइएले उत्तर कोरियासँग बढिरहेको आणविक शक्तिप्रति चिन्तासमेत व्यक्त गरेको छ ।

सिआइएका निर्देशक माइक पम्पियोका अनुसार उत्तर कोरियासँग यतिसम्म शक्तिशाली आणविक हतियार हुन सक्छ जसले केही महिनामै अमेरिकामाथि आक्रमण गर्नसक्छ । उत्तर कोरियाले केही महिनामै आणविक आक्रमण गर्न सक्ने सम्भावना बलियो भएको उनले बताए । उत्तर कोरियाले २०१७ मा मात्रै २० भन्दा बढी आणविक परीक्षण गरिसकेको छ । यहाँका नेता किम जोङ उनले नयाँ वर्षको सुरुवातसँगै सेनालाई ठूलो परिमाणमा परमाणु हतियार बनाउन निर्देशन दिएका थिए ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा सिआइएका निर्देशक पाम्पियोले आफ्नो सबै गुप्तचर रिपोर्ट राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने बताएका छन् । यी रिपोर्टका आधारमा ट्रम्पले के गर्ने भन्ने निर्णय लिन सकुन् भन्ने आफ्नो उद्देश्य रहने उनले बताए । पाम्पियोका अनुसार उत्तर कोरियाविरुद्ध अमेरिकाले चाल्ने कुनै पनि कदम त्यस क्षेत्रमा विनाशकारी हुन सक्छ । खास गरी अमेरिकाका मित्र देश जापान र दक्षिण कोरिया ठूलो खतरामा पर्नेछन् । त्यसैले उत्तर कोरियाले आक्रमण गरिहाले प्रतिकार गर्न पनि निकै खतरनाक हुनेछ । किनकि यसले दुई देश निकै ठूलो खतरामा पर्नेछन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com