सुडानमा युद्धविरामको तयारी, अर्काे महिना वार्ता हुने


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ ।

सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ र सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने जनाइएको छ ।

आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुनेछ र अर्काे महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको छ– एकजना सरकारी अधिकारीले भने ।

उनका अनुसार शान्ति वार्ता भने इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com