सबभन्दा अग्लो र सबभन्दा होचो मानिसको भयो भेट


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

माघ १४, काठमाडौं, संसारका सबभन्दा अग्ला पुरुष र सबभन्दा होची महिलाको अनौठो फोटोशूट इजिप्टमा गरिएको छ ।

उनीहरूलाई पिरामिडको पृष्ठभूमिमा फोटो सेसन गराइएको थियो ।

संसारका सबभन्दा अग्ला व्यक्ति ३५ वर्षीय सुल्तान कोसेन टर्कीका हुन् । उनको उचाइँ आठ फीट एक इन्च छ ।

अनि संसारकी सबभन्दा होची महिला ज्योति आमगे भारतकी हुन् । उनको उचाइँ जम्मा दुई फीट छ ।

इजिप्टको पर्यटन प्रवर्द्धन बोर्डको विशेष निमन्त्रणमा उनीहरू त्यहाँ पुगेका थिए । उनीहरूले पिरामिडमा अलग अलग पोजमा फोटो खिचाए ।

सुल्तान र ज्योति दुवैले सन् २०११ मा गिनिज रेकर्डमा नाम लेखाएका थिए ।

सुल्तानलाई पिट्युटरी जाइग्यान्टिजम नामक रोग लागेकाले उनी यति अग्ला भएका हुन् । त्यस्तै ज्योतिलाई पनि रोगका कारण होचोपनको समस्या आएको हो ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com