२५ प्रतिशत अमेरिकी नागरिक बैंकिङ पहुँचबाहिर


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अमेरिकाका झन्डै २५ प्रतिशत नागरिक बैंकिङ पहुँचबाहिर रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, झन्डै एक चौथाई अमेरिकी परिवारको बैंकमा बचत नै नरहेको पाइएको छ ।

त्यस्तै, अमेरिकाको झन्डै ४० प्रतिशत जनसंख्याले वित्तीय साक्षरतासम्बन्धी सामान्य प्रश्नको पनि जवाफ दिन नसक्ने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, उनीहरुलाई व्याजदरको सामान्य हिसाब पनि गर्न आउँदैन । फिन्रा फाउन्डेसनले गरेको नेशनल क्यापेबिलिटी स्टडीले यस्तो देखाएको हो । फिन्राले २७ हजार पाँच सय ६४ जना अमेरिकीहरुको टेस्ट लिएको थियो ।

वित्तीय साक्षरतामा नागरिकहरु पछि परेको तथ्य सार्वजनिक भएपछि अमेरीकी सरकारले वित्तीय साक्षरताको नीतिलाई फोकस गर्ने भएको छ । हालै ठूलो वित्तीय संकट पार गरेको अमेरिकामा अझै पनि अफ्रिकी अमेरिकी जनता, महिला तथा केही पिछडीएका वर्ग लगायत केही जनसंख्याले उच्च शिक्षा नपाएका कारण उनीहरुमा वित्तीय साक्षरताको कमी भएको बताइएको छ । अध्ययनका अनुसार, अमेरिकाका ५७ प्रतिशत युवाहरु वित्तीय रुपमा साक्षर छन् ।

अमेरिकाजस्तो विकसित र शक्तिशाली मुलुकमा समेत वित्तीय साक्षरताको यो अवस्था हुनुलाई एउटा ठूलो समस्याको रुपमा हेरिएको छ । यद्यपि, पछिल्लो समय यो अवस्थामा सुधार हुँदै गएको छ । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com