Follow @khasokhasmag

७ प्रतिशतले रक्षा बजेट बृद्धिगर्दै ट्रम्प


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ ।

उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ ।

काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी अधिकारीलाई उद्धृतगर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ ।

राष्ट्रति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन् गरिरहेको बताइएको छ । सो प्रस्तावबमोजिम नै बजेट निर्माण हुने वा बजेट काँग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ ।

सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अश्त्रगृह निर्माणका लागि आवश्यक रहेको उहाँले प्रस्ताव गर्नुभएको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गर्नुभएको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ ।

उहाँले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताउनुभएको थियो ।

सोही बमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com