डब्लुटिओ प्रमुखसँग चीनले भन्यो – अमेरिकी कर वृद्धिले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउँछ


प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्याउने बताएका छन् ।

वासिङ्टन र बेइजिङले यो महिना एक आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै शिलशिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ । यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने डर बढाएको छ जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले शेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।

अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबीचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्य वृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

“अमेरिकी कर नीतिका कारण आउने नतिजाले विशेष गरी अल्पविकसित देशहरूलाई गम्भीर क्षति पु¥याउनेछ र मानवीय सङ्कट समेत निम्त्याउन सक्छ,” वाङले शुक्रबार डब्ल्यूटीओका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग भने ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“संयुक्त राज्य अमेरिकाले निरन्तर कर वृद्धिको बाटोलाई पछ्याएको छ जसले विश्वमा ठूलो अनिश्चितता र अस्थिरता ल्याएको छ । यसले अन्तर्राष्ट्रिय अराजकता निम्त्याएको र अमेरिकाभित्र पनि अन्योल निम्त्याएको छ,” वाङले भने ।

बेइजिङले शुक्रबार अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत कर शनिबारदेखि लागू हुने बताएको छ, जुन वासिङ्टनले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा लगाएको १४५ प्रतिशत करसँग मिल्दोजुल्दो छ ।

तर चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करलाई बेवास्ता गर्ने सङ्केत गरेको छ । बेइजिङले भनेको छ, “अत्यधिक कर वृद्धिपछि आयातकर्ताहरूले अमेरिकामा चिनियाँ सामान खरिद गर्नुको अब आर्थिक अर्थ रहँदैन।”

चीनले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा मुद्दा दायर गर्ने बताएको छ र ट्रम्पको गलत कर नीतिलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ को संज्ञा दिएको छ ।

बेइजिङको प्रतिशोधले बजारमा नयाँ उतारचढाव निम्त्याएको, स्टकमा गिरावट आएको, सुनको मूल्यमा वृद्धि भएको र अमेरिकी सरकारी ऋणपत्रहरू दबाबमा परेको बताइएको छ ।

बेइजिङको भन्सार तथ्याङ्कअनुसार गत वर्ष संयुक्त राज्य अमेरिकालाई चिनियाँ सामानको बिक्री ५०० अर्ब डलरभन्दा बढी थियो, जुन देशको निर्यातको १६।४ प्रतिशत हो।

ट्रम्पले चीनबाट नयाँ वृद्धि भए पनि आफ्नो कर नीतिले ‘वास्तवमै राम्रो काम गरिरहेको’ बताएका छन् ।

यसै साताको सुरुमा घोषणा गरिएको अमेरिकी कर वृद्धिका कारण विश्व बजारमा खर्बौँ डलर घाटामा गएपछि राष्ट्रपति ट्रम्पले तीन महिनाका लागि धेरै व्यापार साझेदारहरूमाथिको दण्डात्मक कर स्थगित गरेका छन् ।

ह्वाइट हाउसले ट्रम्प बेइजिङसँगको सम्झौताप्रति ‘आशावादी’ रहेको र अन्य १५ देशले ९० दिनको कर कटौतीका क्रममा प्रस्ताव ‘टेबलमा’ ल्याएको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com