ट्रम्प प्रशासनले किन रोक्यो कर्नेल र नर्थवेस्टर्न विश्वविद्यालयका लागि संघीय अनुदान रकम ?


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकी सरकारले नागरिक अधिकार उल्लंघनको अनुसन्धानका क्रममा कर्नेल विश्वविद्यालयका लागि १ बिलियन डलरभन्दा बढी र नर्थवेस्टर्न विश्वविद्यालयका लागि करिब ७९० मिलियन डलर संघीय अनुदान रकम रोक्ने निर्णय गरेको छ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा प्रमुख शैक्षिक संस्थाहरूलाई आफ्नो राजनीतिक एजेन्डा अनुसार पालना गराउन कोष प्रयोग गर्ने व्यापक पहलको भाग हो। तर, प्रशासनले कुन–कुन अनुदान प्रभावित भएका छन् भन्नेबारे विस्तृत विवरण भने दिएको छैन।

यसअघि पनि प्रशासनले कोलम्बिया विश्वविद्यालय र पेनसिल्भेनिया विश्वविद्यालयजस्ता संस्थाहरूलाई अनुदान रोक्ने कदम चालेको थियो। देशभरिका विश्वविद्यालयहरू अनुसन्धानको लागि आवश्यक कोष अभावमा अन्योलमा परेका छन्।

कर्नेल विश्वविद्यालयले एक विज्ञप्तिमार्फत अमेरिकाको राष्ट्रिय सुरक्षा, साइबर सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानहरू प्रभावित हुने गरी रक्षा विभागबाट ७५ भन्दा बढी स्टप वर्क आदेशहरू प्राप्त भएको जनाएको छ। तर, १ बिलियन डलर बराबरको अनुदान रोकिएकोबारे कुनै आधिकारिक सूचना प्राप्त नभएको जनाएको छ। विश्वविद्यालयका अध्यक्ष माइकल आइ. कोटलिकफले संघीय अधिकारीहरूसँग थप जानकारी माग भइरहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, नर्थवेस्टर्न विश्वविद्यालयका अध्यक्ष माइकल शिलले पनि क्याम्पस समुदायलाई पठाएको इमेलमा संघीय सरकारले कुनै आधिकारिक सूचना नपठाएको बताएका छन्।

गत महिना, शिक्षा विभागले कर्नेल र नर्थवेस्टर्नसहित ६० भन्दा बढी विश्वविद्यालयहरूलाई पत्र पठाउँदै क्याम्पसमा यहूदी विद्यार्थीहरूलाई सुरक्षित वातावरण सुनिश्चित नगरेमा कारवाहीको चेतावनी दिएको थियो।

ट्रम्प प्रशासनले गाजामा हमाससँग इजरायलको युद्धका क्रममा क्याम्पसहरूमा भएको विरोध प्रदर्शनमा यहूदी विरोधी गतिविधि रोक्न नसकेको आरोपमा कोलम्बिया विश्वविद्यालयमाथि संघीय कोष रोक्ने धम्की दिएको थियो।

कोलम्बिया विश्वविद्यालयले अनुसन्धान परियोजनाहरू जोगाउन केही मागहरू स्वीकार गरेपछि स्वतन्त्र अभिव्यक्तिमा हस्तक्षेप भएको भन्दै संकाय सदस्यहरू र अभिव्यक्ति स्वतन्त्रता समूहहरूले आलोचना गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com